Sunday, August 26, 2018

लमजुङमा पुलिसद्वारा गाँजाका बोट खोजिखोजि नष्ट !!


लमजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईहरुले जिल्लाका आठ वटै स्थानिय तहमा गाँजाका बोट नष्ट गरेको हो।

सबै स्थानीय तहमा गरी ५ हजार ५ सय ५० गाजाका बोट नष्ट गरिएको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिए। प्रनाउ ढकालका अनुसार बेसीशहर नगरपालिकामा ७ सय ५०, सुन्दरबजार नगरपालिकामा १ हजार ७ सय ५०, मध्यनेपाल नगरपालिकामा ९ सय ७० र राइनास नगरपालिकामा ८० बोट गाँजा नष्ट गरिएको छ।
यसैगरी मस्र्याङ्दी गाउँपालिकामा १ हजार ४ सय १०, दुधपोखरी गाउँपालिकामा ५ सय र क्व्होलासोथर गाउँपालिकामा ९० बोट गाँजा नष्ट गरिएको छ। दोर्दी गाउँपालिकामा एउटा पनि गाँजाको बोट फेला नपरेको प्रहरीले जनाएको छ।

‘जिल्लामा गाँजा सेवन र बिक्रिवितरण रोक्न बोट नष्ट अभियान सञ्चालन गरेका हौँ’, प्रनाउ ढकालले भने, ‘कतिपय ठाउँमा लगाइएका र धेरै ठाउँमा त्यतिकै उम्रिएका फेला पा¥र्यौ। गाँजा नष्टको जिल्लामा अभियान नै सञ्चालन गरिएको बताए।

जिल्लामा सरुवा भएर आएको एक महिना नपुग्दै प्रनाउ ढकालले गाँजासहति लागुऔषध नियन्त्रण, जुवातास, पोट, खटखडे लगायतका खेलमा नियन्त्रण अभियान सुरु गरेका छन्।



No comments:

Post a Comment