Sunday, August 26, 2018

मोटरेवल पक्की पुलले जोेड्यो लमजुङ र मनाङ !!

मोटरेवल पक्की पुलले जोेड्यो लमजुङ र मनाङ !!

मनाङ र लमजुङको सिमाना म्यार्दी खोलामा निर्माणाधिन मोटरेवल पुल सम्पन्न भएपछि याताायत सञ्चालनमा सहज भएको छ । बेसीशहर–चामे सडकमा पर्ने म्यार्दीखोलामा पुल नहुँदा बर्खाको समयमा यातायात रोकिने गरेका थिए ।

यसअघि काठको अस्थायी पुल र फलामको ट्रष्ट राखिएपनि बाढीले बगाएपछि यातायात खोला वारिपारि रोकिने गरेका थिए ।दुई करोड लागतमा पुल निर्माण गरिएको डिभिजन सडक कार्यलय दमौली, तनहुँले जनाएको छ । पुल निर्माण क्यारबाहन कन्सलटेन्सी कम्पनीले गरेको हो ।



गत आर्थिक बर्षमा सक्नुपर्ने पुल निर्माणमा ढिलाई भएपछि लमजुङ र मनाङका प्रशासन कार्यालय तथा डिभिजन सडक कार्यालय दमौलीले निर्माण कम्पनीलाई दबाव दिएका थिए ।

पुल निर्माणपछि यातायात सञ्चालन र पैदल यात्राका लागि सहज भएको सवारी चालक नेत्रबहादुर गुरुङले बताए । ‘पुल नहुँदा खोलाले धेरै दुःख दिएको थियो । खोलामा गाडी अड्किएर धेरै दुःख पाइएको थियो’, गुरुङले भने, ‘पुल बन्यो , अब धेरै सजिलो हुने भयो ।’

पुल नहुँदा खोलामा गाडी फसेर धेरै दुःख पाएको उनले बताए । एक पटकमै ५० हजार बढीको खर्च निकाल्ने गरेको उनले अनुभव सुनाए । तत्कालीन अवस्थामा स्थानीयको पहलमा जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत हुँदै आएका थियो ।

अस्थायी काठको पुल एक वर्ष पनि नटिकेपछि नेपाली सेनाले ट्रष्ट राखेर पुल निर्माण गरेको थियो । ट्रष्टको बेलीब्रिज पनि २०७२ साल असार ३१ गतेको बाढीले बगाएपछि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो ।

सडक डिभिजनसँग २०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारबहान कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको हो । यस सडकखण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सव्जे खोलामा अझै काम पूरा भएको छैन ।

लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला हो ।

तिमाङ खोला, पिसाङ खोला र स्यार्कु खोलाको पुल निर्माणको ठेक्का पनि क्यारबाहन कन्सलटेन्सीले नै लिएको छ । क्यारबहनले २२ करोडमा मनाङका पाँचवटा खोलामा मोटरेवल पुल निर्माण गर्ने जिम्मा पाएको हो । सबै खोलामा २०७५ असार मसान्तसम्ममा काम सकाउने गरी कम्पनीले सम्झौता गरेको थियो । बाँकी रहेका खोलाहरूमा ७० प्रतिशत काम पूरा भइसकेको र दसैँ–तिहारको बीचमा सबै खोलामा पुल निर्माण सकिने !

No comments:

Post a Comment