Sunday, August 26, 2018

नेपालकै पहिलो सडक सुरुङमार्ग लमजुङ भुलभुलेको ३४० मिटर लामो सुरुङ पर्यटन आकर्षणको पनि केन्द्र बन्दै छ ॥

नेपालकै पहिलो सडक सुरुङमार्ग लमजुङ भुलभुलेको ३४० मिटर लामो सुरुङ पर्यटन आकर्षणको पनि केन्द्र बन्दै छ ॥


लमजुङको भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग यतिबेला पर्यटक आकर्षण गर्ने केन्द्र बनेको छ। उक्त सुरुङमार्गमा अधिकांश आन्तरिक जाने गरेका छन्।

मस्र्याङ्दी गाउँपालिका–८ मा रहेको यस सुरुङमार्गलाई सम्भवतः नेपालकै पहिलो मानिन्छ। यहाँ जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटकहरू घुम्न आउने गरेका छन्। जम्मा ३ सय ४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै मज्जा आएको पर्यटक बताउँछन्। ‘आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै आनन्द लाग्दो रहेछ’, तनहुँबाट सुरुङमार्ग हेर्न आएका चन्द्र तिमिल्सेनाले बताए।
सुरुङमार्ग हेर्न प्रायः शनिबार र बिदाको दिन आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ। बिदाको दिन विद्यार्थी, कर्मचारी र अन्य सर्वसाधारणको विशेष भीड हुने मस्र्याङ्दी गाउँपालिका–८ की वडाध्यक्ष हीरादेवी घलेले बताइन्। भुलभुलेमा निर्माण गरिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले उक्त सुरुङमार्ग बनाएको थियो।
उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्छन्। सुरुङमार्गनजिकै आकर्षक झरना पनि छ। उक्त झरनाले पनि हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउँदै आएको छ। सुरुङमार्ग र जलविद्युत् आयोजनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य बनेको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। सोही बाटो भएर सयाैं आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण पैदल यात्रामा पनि जाने गर्छन्।

आयोजनाले मस्र्याङ्दी नदीमा मोटरेबल पुल बनाएर पहरामा सुरुङमार्ग बनाएको हो। यसअघि बेंसीसहर चामे सडकखण्डअन्तर्गत थाकनबेंसीसम्म मोटर चढेपछि मस्र्याङ्दीको झोलुंगे पुल तर्नुपर्ने बाध्यता थियो। भुलभुलेका दुर्गा तामाङले सुरुङमार्ग बनेपछि आवतजावतमा निकै सजिलो र दूरी छोटो भएको भन्दै खुसी व्यक्त गरे।
आयोजनाले आफ्नो प्रयोजनका लागि सुरुङ बनाए पनि सर्वसाधारणका लागि खुल्ला गरेको छ। आयोजनाले भुलभुलेबाट ङादीसम्मको करिब ५ किलोमिटर बाटो बनाउने क्रममा सुरुङमार्ग बनाएको हो। सुरुमा वकेटोकेमार्फत मोटर छिरेको र निस्केको जानकारी गराउने गरेकोमा आजभोलि विद्युतीय ट्राफिक सिग्नल प्रयोगमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए।

No comments:

Post a Comment