Monday, August 27, 2018

लमजुङ ‘हाइड्रो मोडल’ जिल्ला घोषणा

जलविद्युत् उत्पादन र निर्माणले गति लिएको लमजुङ अब जलविद्युत्मा लगानीमैत्री ‘हाइड्रो मोडेल’ जिल्लाका रूपमा अघि बढेको छ । सरोकारवाला सबै पक्षको सहमतिपछि जिल्लालाई निजी क्षेत्रले आइतबार जलविद्युत्मा लगानीमैत्री जिल्ला घोषणा गरिएको हो ।
यसअघि ०६५ सालमा जिल्लालाई जलविद्युत्मा लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलले हस्ताक्षर गरेका थिए । त्यसयता राजनीतिक दल र दलनिकटका भ्रातृसंगठनहरूले जलविद्युत्मा बन्द हडताल गरेका छैनन् । तर, समय–समयमा स्थानीय र मजदुरले बन्द हडताल गरेपछि निजी क्षेत्र र प्रवद्र्धकहरूले राजनीतिक दलसँग थप प्रतिबद्धता खोजेका थिए । गत वर्षको जिल्ला परिषद्बाट जिल्लालाई जलविद्युत्मा लगानीमैत्री बनाउने निर्णय गरिएको थियो । आइतबार पाँचौं लमजुङ महोत्सवको समापनको दिन जिल्लालाई जलविद्युत्मैत्री ‘हाइड्रो मोडल’ जिल्ला घोषणा गरिएको हो ।


No comments:

Post a Comment