Sunday, August 26, 2018

अन्तर्राष्ट्रिय करातेमा लमजुङका खेलाडीले ९ पदक जितेका छन् ।

अन्तर्राष्ट्रिय करातेमा लमजुङका खेलाडीले ९ पदक जितेका छन् ।
बधाई छ लमजुङे कराँते खेलाडीहरुलाई ।।।

लमजुङ – अन्तर्राष्ट्रिय करातेमा लमजुङका खेलाडीले ९ पदक जितेका छन् ।
भारतको राजस्थान, जयपुरमा भएको तेश्रो आईएमएस इन्टरनेसनल कराते च्याम्पियनसिप–२०१८, मा सहभागी भएका लमजुङका कराते खेलाडीले ९ पदक जितेका हुन् । च्याम्पियनसिपमा लमजुङका पाँच खेलाडीले स्वर्ण, २ जना खेलाडीले रजत र २ जना खेलाडीले कास्य पदक जितेका हुन् ।

प्रेमबहादुर गुरुङ, कबिन गुरुङ, लाप्साङ तामाङ, सुनिल घले र विकास गुरुङले स्वर्ण पदक जितेका हुन् । प्रियन्स परियार र बिक्रम घलेले रजत पदक जितेका छन् । सलिना सुनार र सरस्वती गुरुङले कास्य पदक हात पारेका छन् । उनीहरुले आ–आफ्नो तौल, उमेर समूहमा कराते खेली विभिन्न पदक हात पारेका हुन् ।
च्याम्पियनसिपमा भाग लिन लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको मस्र्याङ्दी डोजो करातेका ९ जना खेलाडी भारत पुगेका थिए ।मर्स्याङ्दी डोजो करातेका प्रशिक्षक एवम् खेलाडी प्रेमबहादुर गुरुङका अनुसार भारतीय मार्सल आर्ट जयपुरको आयोजनामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, इरान लगायतका ११ राष्ट्रका गरी झण्डै ४ सय जना खेलाडीले सहभागिता जनाएका थिए ।
News by: Shyam Shital

No comments:

Post a Comment