Sunday, August 26, 2018

पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापति बनाउने मन्त्रिपरिषद्को औपचारिक निर्णय

हार्दिक बधाई । प्रधानसेनापति महारथी पुर्ण चन्द्र थापा ।। बधाई लमजुङ ।

सरकारले पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापति बनाउने औपचारिक निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रधानसेनापतिमा नियुक्त गर्न औपचारिक सिफारिस गरेको हो । थापाले यसअघि नै कायममुकायम सेनापतीको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।

२४ साउनदेखि प्रधानसेनापति राजेन्द्र क्षेत्री विदामा बसेपछि थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

लमजुङ गाउँशहरका थापा राष्ट्रसंघीय मिसन फोर्स कमान्डर लगायत नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारी र विभिन्न विशिष्ट दक्षता हाँसिल गर्ने यौटा कुशल कमान्डरको रूपमा चिनिनुहुन्छ।
(हिमालखबर)


No comments:

Post a Comment